सुनसरीमा फोरम लोकतान्त्रिक त्यागगरी सयाै कार्यकर्ता फोरम नेपालमा प्रवेश

सुनसरी २४, चैत्र । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदारले काठमाडौंमा पार्टी एकीकरण गरिरहँदा उता उनकै जिल्ला सुनसरीमा पूर्वसभासद्ले पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

सुनसरीको क्षेत्र नं. ४ कप्तानगञ्ज र ५ नरसिंहमा संघीय समाजवादी फोरम नेपाल, सुनसरीले एकै दिन आयोजना गरेको पार्टी प्रवेश तथा सभामा पूर्वसभासद् र पूर्वगाविस अध्यक्षदेखि सयौंको संख्यामा विभिन्न पार्टी परित्याग गरि फोरम नेपाल प्रवेश गरेका छन् ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका पूर्व सभासद् मूँगालाल मेहताले पार्टी परित्याग गरि आफूसँगै सयौंको संख्यामा रहेका नेता कार्यकर्तालाई फोरम नेपालमा प्रवेश गराएका छन ।