August 18, 2017

सुनको मुल्यमा उतारचढाव

काठमाण्डौ ६ फाल्गुन । स्थानीय बजारमा उतारचढावपूर्ण रहेको सुनको मुल्य आज बढेको छ ।

बिहिबार प्रतितोला ५५ हजार ६ सय रुपैयाँ कारोबार भएको छापावाल सुन शुक्रबार २ सय रुपैयाले बढेर ५५ हजार ८ सय रुपैया मा कारोबार भएको छ ।

 

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । चादी अघिल्लो दिनकै मुल्य प्रतितोला ८ सय २५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य १२ सय ३८ डलर तथा चा“दीको मुल्य १८ दशमलब शुन्य तीन डलर कायम भएको छ ।