सुनकाण्डका दोषी निलम्बीत एसएसपी खत्रीलाई ४ दिन थुनामा राख्न जिल्ला अदालतको निर्देशन

२४ माघ, काठमाडौं । सुनकाण्डमा दोषी भेटिएका निलम्बीत एसएसपी श्याम खत्रीलाई ४ दिन न्यायिक हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले निर्देशन दिएको छ ।

३४ किलो सुनकाण्डको अनुसन्धानको क्रममा दोषी भेटिएका खत्रीलाई सीआईबीले आईतबार पक्राउ गरेको थियो । संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो ।

अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको छ । सुन तस्करीकाण्डमा दोषी पाइएपछि सिआईबीले खत्रीलाई हेडक्वार्टरबाट पक्राउ गरेको थियो । सुन तस्करी हुदा निलम्बीत एसएसपी खत्री विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकारी थिए ।