सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

धनगढी, २८ पुस । मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाईनलमा खेलमा रुपेन्देही ११ माथि ४–० गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो । खेलको २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको मनाङले दोस्रो हाफमा रुपन्देहीका छिरिङ गुरुङकाे आत्मघाती रुपमा उपहार पायो ।

५५ मिनेटमा रुपेन्देहीका छिरिङ गुरुङले बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेक थिए । अधिकांश समय बल आफ्नो कब्जामा राखेको मनाङका लागि ८३ मिनेटमा विशाल राई र ८४ मिनेटमा विमल रानाले गोल गर्दै सानदार जित दिलाएका हुन् । योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

शनिबार  मनाङ र आर्मीबी पहिलो सेमीफाईनल खेल हुनेछ दोस्रो भने आइतबार सुदुरपश्चिम ११ र एपिएफबीच प्रतिस्पर्धा हुनेछ । जितपछि मनाङका प्रशिक्षक हेमन्त आलेले टिमको समन्वय राम्रो भएकोले सानदार जित हासिल बताउ ।

उनले भने, ‘हामीले धेरै पटक विपक्षी टीमसँग खेलिसकेका छौं उनीहरुको रणनीति थाहा भएकोले त्यहिअनुसार खेल्न सजिलो भयो ।’ रुपन्देही ११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तिले गोल खाँदा हार बेहोरेको बताए।

 प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११, उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडील समान १५–१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले यमाहा मोटरसाईकल पुरस्कार पाउनेछन् ।