September 25, 2017

सुदुरपश्चिमकाे विकास नहुनु विडम्बना : शंकर पोखरेल

धनगढी १ असोज ।  नेकपा एमालेका नेता शंकर पोखरेलले सुदूरपश्चिमबाटै पटक पटक राज्यकाे नेतृत्व गरिएकाे भएपनि यस क्षेत्रको विकास हुन नसक्नु विडम्बना भएकाे बताएका छन ।

‘सुदूरपश्चिम क्षेत्रमै जन्मिएका नेताहरु धेरै पटक देशको कार्यकारी प्रमुख भए तर यो क्षेत्रका नागरिकले अपेक्षा गरे अनुरुप विकास पाउन सकेनन’ नेता पोखरेलले भने ।

आज धनगढीमा आयोजित रेडियो सुदूर सन्देश १०४ मघाहर्जको पाँचौ वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्व सञ्चार मन्त्री समेत रहेका नेता पोखरेलले  पर्यटन, कृर्षि तथा जडीबुटीमा अथाह सम्भावना रहेको यो क्षेत्रको विकास भएमा  सिंगो देशलाई नै फाईदा पुग्ने बताए ।

यस्तै समाज परिर्वतनको मेरुदण्डको रुपमा रहेका सञ्चार माध्यमहरु सम्वेदनशील तथा जिम्मेवार बन्नु पर्नेमा उनले जोडदिए । कतिपय सम्वेदनशिल राष्ट्रिय मुद्धाहरुमा नेपालका राजनैतिक दलहरुसंग मिडियाहरु समेत विभाजित हुने गरेको प्रसंग उल्लेख गर्दै यसले देशलाई राष्ट्रिय रुपमै ठूलो असर पार्ने भन्दै सम्वेदनशित तथा जिम्मेवार भएर काम गर्न  सञ्चारकर्मीहरुलाई पोखरेलले आग्रह समेत गरे ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, जिल्ला समन्वय समिति कैलालीका सभापति सूर्य बहादुर थापा, सांसद कृपा राना, धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड, पत्रकार चित्राकं थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 ६ जना सम्मानित

रेडियो सुदूर सन्देश १०४ मेघाहर्जले आफ्नो पाँचौ वार्षिकोत्सवको अवरमा विभिन्न छ जनालाई सम्मानित गरेको छ । रेडियोको स्थापना लगायतका क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दैै व्यवसायी झपट बोहरा, ओम प्रकास अग्रवाल, समाज सेवी गजेन्द्रविर चन्द र शाही अस्पताल हल्वानीका प्रवन्ध निर्देशक डा. मोहन सती, सक्सेना अस्पताल पलियाका सञ्चालक एके सक्सेनालाई सम्मानित गरेको छ ।यसैगरी सुदुरपश्चिमकाे पत्रकारिताकाे विकासमा महत्वपूर्ण योगदान गरेकाे भन्दै बरिष्ठ पत्रकार खेम भण्डारीलाई सम्मान गरिएको थियो ।