October 24, 2017

सुखीपुरमा नगर माग्दै आमरण अनशन सुरु

काठमाण्डौ,२४ चैत्र । सिराहाको सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिणत गरिएको भन्दै सुखीपुर नगरपालिका बचाउ संघर्ष समितिले बुधबारबाट आमरण अनशन सुरु गरेको छ ।

सुखीपुर नगारपालिका कायम गराउन माग राखी समिति संयोजक बीपी भुवन यादवलगायत अनशनमा बसेका छन । सरकारले २०७२ असोज १ गते मोहनपुर कमलपुर, कविलासी, विद्यानगर, लर्कन्हा, बलही र सिलोरवा पछवारीलगायत आसपासका सात गाविसलाई समायोजन गरी सुखीपुर नगरपालिका घोषणा गरेको थियो ।

पछिल्लो निर्णयले गाउँपालिकामा पारिएपछि स्थानीय वासिन्दाले विरोध जनाएका हुन यो खबर आजको कान्तिपुर दैनिकमा छ ।