April 24, 2017

सीरिया हमलामा सारिन ग्यास प्रयोग भएको खुलासा

काठमाण्डौ,७ वैशाख । अर्गनाइजेशन फर प्रोबिशन अफ केमिकल विपन्स (ओपीसीडब्लू) ले सिरिया हमलामा सारिन ग्यासको प्रयोग भएको जनाएको छ ।

ओपसीडब्लूका प्रमुख अहमत उजूमुकु ले हमलामा १० पिडित को प्रयोगशालाको नमुना जाँच गरिए पछि यो कुराको पुष्टि भएको बताएका छन् । यो हमलामा मारिएका मध्ये  ३ जनाको पनि शव परिक्षण गरिएको हो ।

सीरियामा अप्रीलको पहिलो साता विद्रोही समुहले गरेको रासायनिक हमलामा ८७ जनाको मृत्य भएको थियो । मर्नेमध्ये ६८ जना बच्चा रहेका थिए । यो घटनाको अमेरिकाले कडा निन्दा गर्नुका साथै सीरियाको होम्स नगरमा आक्रमण समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *