August 21, 2017

सीमांकन यथावत राखेर संविधान संशोधनलाई अगाडि बढाउने माओवादी केन्द्रको निर्णय

काठमाण्डौ, ९ चैत्र । सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमांकनको विषयलाई यथावत राखेर संविधान संशोधन प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि गर्ने चीन भ्रमणको सन्दर्भमा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रवक्ता पम्फा भुसालले सीमांकनबाहेका विषय भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवं जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारणको संशोधन अघि बढाउने निर्णय भएको बताएकी छन् ।

सरकारले वैशाख ३१ गतेलाई स्थानीय तहको निर्वाचन तोकेको छ । बैठकमा प्रधानमन्त्री दाहालले चीन भ्रमण र मधेसी मोर्चासँग भइरहेको छलफलबारे छलछल भएको थियो ।

प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा बोआओ फोरमलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय भेटवार्ता गर्ने पार्टी प्रवक्ता भुषालले बताएकी छन् ।