सीके राउत प्रहरी नियन्त्रणमा

काठमाण्डौ,४ वैशाख । राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई  रुपन्देही जिल्ला   अदालतले ६ दिनसम्म हिरासतमा राख्न आदेश दिएको छ ।

प्रहरीले सिरहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याएको छ । सिरहा जिल्ला अदालतबाट बिहीबार १० हजार रुपैयाँ धरौटी बुझाएर तारिखमा छुटेका राउतलाई रुपन्देही मर्चवारमा भएको घटनालाई लिएर प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

उनीसँगै अदालतले अन्य सात जनालाई सोही अभियोगमा ६ दिनको म्याद थप गरेको छ । फागुन ७ गते राउतलाई रिहा गर्न माग गर्दै नाराजुलुसमा निस्केका कार्यकर्ता र प्रहरीबीच भएको झडपलाई लिएर प्रहरीले नियन्त्रणमा लिएका २५ जनामध्ये ६ जनामाथि मुद्दा चलाएको थियो । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ