August 19, 2017

सिर्जशील पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका गिरीलाई

काठमाण्डौ २९ नवलपरासी । प्रेस चौतारी नेपाल नवलपरासी शाखाले प्रदान गर्ने यस बर्षको प्रेस चौतारी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट पत्रकार विद्रोही गिरी पुरस्कृत भएका छन् ।

मेची महाकाली अभियानका क्रममा एमालेले कावासोतीमा गरेको जनसभामा उनलाई रु १५ हजार नगद र प्रमाणपत्रले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कृत गरेका हु्न् ।
उनलाई बरिष्ठ नेता माधवकुमार नेपालले दोसल्ला ओढाएका थिए । गिरी हिमालय टेलिभिजनमा आबद्ध पत्रकार हुन् ।
पाँच बर्ष अगाडि समाजसेवी दीपेन्द्र अधिकारीले आफ्ना उद्यमी सुपुत्र स्व शक्ति अधिकारीको सम्झना र प्रेस चौतारी नेपाल नवलपरासीका पूर्व अध्यक्ष कुलप्रसाद शर्माले आफ्ना माता पिताको सम्झना स्थापना गरेको अक्षय कोषबाट प्रेस चौतारीले हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरेको चौतारीका अध्यक्ष हिमालदेव पंगेनीले जानकारी दिए ।