June 27, 2017

सिरीजमा पहिलो पटक भारतको २ सय रन

काठमाण्डौ, २३ फाल्गुन । भारत र अष्ट्रेलियाबीच जारी दोस्रो टेस्टको दोस्रो इनिङमा भारतले २ सय रन पार गरेको छ ।

लोकेश राहुलको अर्धशतक र चेतेश्वर पुजाराको नटआउट ७९ रनको मद्दतमा भारतले २ सय १३ रन बनाएको छ । भारत एक समय १ सय २० रनमा ४ विकेट गुमाएको अवस्थामा थियो ।

भारतको पारीलाई उकास्ने क्रममा मध्यक्रमका ब्याट्सम्यान अजिन्क्या रहाणे नटआउट ४० रन बनाउँदै पुजारासँग ९३ रनको साझेदारी गर्दै क्रिजमा छन् । यो सँगै भारत १ सय २६ रनले अगाडि छ ।