October 17, 2017

सिरिया सेनाद्वारा आइएस नियन्त्रित पालमाइरा शहरमा पुनः कब्जा

 

काठमाण्डौ २० फाल्गुन । सिरिया सेनाले इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको प्राचीन शहर पालमाइरामा पुनः नियन्त्रण कायम गरेकाे छ ।

रुसी सेनाको सहयोगमा सिरियाको सेनाले पाइलमारामा पुनः नियन्त्रण कायम गरेको हो । बिद्रोहीलाइ भगाएपछि सेना र कतिपय सरकारी संरचना सो क्षेत्रमा सारिएको छ ।

बिद्रोही आइएसले एक बर्ष अघि मात्रै सो क्षेत्र आफनो नियन्त्रमा लिएको थियो । उता सिरियाली राष्ट्रपति बसर अल असदले आफ्नाे प्रतिज्ञा अनुसार बिद्रोहीलाई हटाउने अभियान तिव्र पारेको सिरियाका लागि राष्ट्रसंघका दुत बसर अल जफारीले बताए ।