August 23, 2017

सिरियाली राष्ट्रपतिसँग ट्रम्प असन्तुष्ट

काठमाण्डौ,२४ चैत्र । उत्तरी सिरियाको विद्रोही नियन्त्रित इलाकामा भएको हवाइ हमलामा सयौं मानिसमाथि रासायनिक ग्यास प्रयोग भएको घटनाले सिरियाली राष्ट्रपति बशर अल असदप्रति अब आफ्नो दृष्टिकोण फरक नहुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन ।

उनले उक्त कार्य मानवताप्रतिकै अपमान भन्दै निर्दोष बालबालिकालाई मारेर असद सत्ताले नराम्रो गरेको बताएका छन । यसअघि अमेरिकी प्रशासनले असद सरकार अपदस्थ गर्नु आफ्नो प्राथमिकता नरहेको बताउँदै आएको थियो । तर सो घटनापछि ट्रम्पका वरिष्ठ अधिकारिहरुले सिरियाली सरकारका विरुद्ध कडा टिप्पणी गरेका छन्। । राष्ट्रपति ट्रम्पले सो घटनाका चर्को निन्दा समेत गरे ।

प्रत्यक्षदर्र्शीका अनुसार घाइतेको उपचार भइरहेको क्लिनिकमा पनि हवाइ हमला भएका थियो । अमेरिकि विदेश मन्त्री रेक्स टिलरसनले घटनाका पछाडि सिरियाली सरकारको हात रहेकोमा शंका नभएको भन्दै रुसलाई असद सरकारप्रति समर्थन जारी राख्ने नीतिबारे गम्भीर समिक्षा गर्न आग्रह गरेका छन । उपराष्ट्रपति माइक पेन्सले अमेरिकाका सामु सबै विकल्पहरु खुला रहेको बताए ।