August 23, 2017

सिरियामा हवाई हमलामा परी ४२ जनाको मृत्यु

काठमाण्डौ, ४ चैत्र । सिरियामा मानव अधिकारको लागि कार्यरत संस्थाले उत्तरी सिरियामा विद्रोहिले कब्जा गरेको मस्जिदमा भएको हवाई हमलामा परी ४२ जना मारिएको बताएको छ ।

उक्त हमलामा परी अरु धेरै घाइते भएका छन् । सो हमला अलेप्पो प्रान्तको अल जिनेहमा भएको बताइएको छ ।

बेलायतको मानवअधिकार संस्था सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स संस्थाले घटनामा मर्ने मध्ये धेरै नागरिक रहेको जनाएको छ ।

‘जुन मस्जिदमा हमला भयो, त्यहाँ नमाज पढ्नका लागि धेरै संख्यामा मानिसको उपस्थिति रहेको थियो ।’ संस्थाले भन्यो ।

हमलाको शिकारमा परेको यो क्षेत्र विद्रोहिको कब्जामा रहेको प्रान्त मध्येको एक प्रमुख इलाका पनि मानिन्छ ।

यो घटनाको पछाडि कसको हात रहेको छ, अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।