August 20, 2017

सिरियामा रासायनिक हमला, मर्नेको संख्या ५८ पुग्याे

काठमाण्डौ, २२ चैत्र । सिरियाको उत्तर–पश्चिमी क्षेत्रको इदलीब शहरमा रासायनिक हमलामा परी मृत्यु हुनेको संख्या ५८ पुगेको छ । त्यस्तै घटनामा परी ३ सयभन्दा बढि मानिसहरु घाइते भएकाे अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सिरियामा मानव अधिकारका लागि क्रियाशिल संस्थाका अनुसार, यो घटना सिरियाली सरकार वा रुसी विमानले घटाएको हुनसक्ने बताएको छ । यद्दपि सिरियाली सरकारले भने रासायनिक हतियारको प्रयोग नगरिएको बताएको छ ।

तर, संयुक्त राष्ट्रसंघ र रासायनिक हतियारको प्रयोगमा रोक लगाउने संस्थाको अनुसन्धान अनुसार, सिरियाली सरकारले सन् २०१४ र २०१५ को बीचमा कम्तिमा तीन पटकसम्म क्लोरिन रसायनलाई हतियारको रुपमा प्रयोग गरेको बताएको छ ।

अनुसन्धानमा के पनि खुलेको छ भने, इस्लामिक स्टेटका समूहले पनि रासायनिक हतियारको प्रयोग गर्ने गरेको छ ।