August 19, 2017

सिरियामा अमेरिकाको हमला एक ‘संप्रभु राष्ट्र’ को विरुद्धः रुस

काठमाण्डौ, २५ चैत्र । अमेरिकाले सिरियाको हवाई अड्डामा गरेको मिसाइल हमलालाई लिएर एक ‘संप्रभु सम्पन्न राष्ट्र’ (सरिया) को विरुद्ध भएको रुसले बताएको छ ।

रुसले भन्यो, ‘यो हमलाले अमेरिका र रुसको सम्बन्धमा नराम्रो झट्का लागेको छ, जुन पहिलादेखि नै खराब अवस्थामा थियो ।’ यो घटनाले अमेरिका–रुस सम्बन्ध अझ बिग्रने अनुमान गरिएको छ ।

अमेरिकाले सिरियाको हवाई अड्डामा ‘५९ टमहक क्रुज’ नामको मिसाइलले हमला गरेको थियो । जुन हमलामा परी सिरियाली सेनाका ६ जवान मारिएका थिए ।