August 17, 2017

सिरियामा अदालत अगाडि भएको बम बिस्पोटमा परी २५ जनाको मृत्यु

काठमाण्डौ, २ चैत्र । बुधबार सिरियाको मुख्य अदालत बाहिर आत्मघाती बम बिस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

सिरियाको राजधानी दमास्कसमा भएको बम बिस्फोटमा परी कयौं मात्रामा घाइते पनि भएको सिरियाली मिडियाले उल्लेख गरेका छन् ।

यो आक्रमण राष्ट्रपति बसर अल असदको विरुद्धमा भएको बताइएको छ । यद्दपि यो  घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।