April 24, 2017

  सिरियाको दमास्कस क्षेत्रमा सेना र बिद्रोहीबीच भिषण भिडन्त, कम्तिमा ४२ जनाको मृत्यु

 

 काठमाण्डौ ७ चैत्र । सिरियाको राजधानी दमास्कस बाहिरको क्षेत्रमा सरकारी सेना र बिद्रोहीबीच भिषण भिडन्त जारी छ ।

बिद्रोहीले चारैतीर घेरा हालेर अकस्मात आक्रमण गरेपछि सेनासंग भिडन्त सुरु भएको हो ।

बिद्रोहीले आक्रमणमा गोला बारुद तथा रकेट प्रयोग गरेको छ । प्रत्यक्षदर्शीका अनुसार बिद्रोहीले सरकारी निकायमाथि आक्रमण गर्नुपूर्व जोबार जिल्लामा दुइवटा आत्मघाती कार बम बिष्फोट गराएको थियो ।

सरकारी संचारमाध्यमका अनुसार जोबार जिल्लामा बिद्रोहीले आक्रमणका लागि सुरुङको समेत प्रयोग गरेको थियो । बिद्रोहीको आक्रमणपछि सरकारी सेनाले समेत जवाफी कारवाही तिव्र पारेको छ । बिभिन्न क्षेत्रमा गरी हालसम्म ४२ जनाको मृत्यु भएको जनाइएको छ ।