June 24, 2017

सिरियाको दमास्कसमा बम बिष्फोटनमा ४० को मृत्यू

काठमाण्डौ २९ फाल्गुन । सिरियाको राजधानी दमास्कसमा लगातार दुइवटा बम बिष्फोटनमा परी ४० जनाको मृत्यु भएको छ भने १ सय २० भन्दा बढी घाइते भएका छन ।

शिया मुसलवान बाहुल्यता रहेको एक पुरानो चिहानघाट बाब अल सगिरमा बिष्फोट भएको थियो । आक्रमणकारीले यो क्षेत्रमा गैरहेको यात्रुवाहक बसलाइ निशाना बनाएका थिए । मृत्यु हुनेमा अधिकांश इराकी नागरिक रहेका छन ।

अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । सिरियामा शान्ति स्थापनार्थ पटक–पटक बिभिन्न सम्झौता भएपनि त्यसको पालना हुन सकेको छैन ।