सिरियाको अलेप्पामो विस्फोट मृत्यु हुनेको संख्या १ सय १२

काठमाण्डौ ३ बैशाख । सिरियाको अलेप्पो विस्फोटमा परि मारिनेको संख्या १ सय बाह्र पुगेको छ ।

शनिवार सिरियाको अलेप्पो शहरमा सिया समुदायका नागरिक सवार बसलाई लक्षित गरी विस्फोट गराईएको थियो । उक्त विस्फोटमा परि मर्र्र्नेको संख्या १ सय १२ पुगेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

गम्भिर घाईतेको संख्या बढी भएकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीले जनाएका छन् । मारिनेमा अधिकाशं इदलिव प्रान्तको अल फोआ र केयाका नागरिक रहेको जनाइएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।