सिन्धुली–बर्दिबास सडक अवरुद्ध

 

काठमाण्डौ ९ फाल्गुन । राजधानीबाट पूर्वी तराई जोड्ने बीपी राजमार्ग अन्तर्गतको सिन्धुली–बर्दिबास सडक अवरुद्ध भएको छ ।

करिब ३० मिटर सडक गएराति भत्किएर सुनकोशी नदीमा खसेपछि सडक अवरुद्ध भएको हो । भिरको बाटो भत्किएकाले तत्कालै सडक खोल्न नसकिने प्रहरीले जनाएको छ । अचानक सडक खसेपछि सवारी साधन वारपार गर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वैकल्पिक सडक नभएकाले बीपी राजमार्ग र मध्ये पहाडी राजमार्ग हुँदै राजधानी आवत जावत गर्ने सबै सवारी साधन बीच बाटोमै रोकिएका छन् । राजमार्ग किन र कसरी भत्कियो भन्ने बारे अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

जापान सरकारले निमार्ण गरेको राजमार्गमा दुई वर्षअघिदेखि सञ्चालनमा आएको हो ।