October 22, 2017

सिचाईकाे लागि चिनीया सोलार पम्प नेपाल ल्याइने

काठमाण्डौ, ११ चैत्र । नेपाल र चीनको नीजी कम्पनीबिच सोलार पम्प नेपाल भित्र्याउने बिषयमा सम्झौता भएको छ ।

चीनको स्याङडोङ प्रान्तको राजधानी जिनाङ शहरमा नेपालका तर्फबाट साखः ग्रुप र चीनको ओटाई कम्पनीबिच नेपालमा सोलार पम्प भित्र्याउने बिषयमा सहमति भएको हो ।

सहमतिपछि नेपालको ग्रामिण भेगमा खेती गर्नका लागि किसानहरुलाई राहतमा पम्प वितरण गर्ने योजना रहेको नेपाल चीन सोलार एशोसियसनका महासचिव किरण साखःले जानकारी दिए ।

त्यस्तै नेपालमा सौर्यविद्युत उत्पादन गर्ने बिषयमा दुई कम्पनीबिच संयुक्त रुपमा काम गर्ने सहमति पनि भएको साखःले बताए । चीनको ओटाई कम्पनीले चीनको विभिन्न प्रान्तमा रहेको पाँचहजार किलोमिटर सडकमा सौर्य बत्ती जडान गरेको छ ।

सोलार प्यानलबाट ३० मेगावाट विद्युत उत्पादन गर्न समेत सफल भएको छ । ओटाई कम्पनीले विभिन्न सौर्य उर्जासम्बन्धी सामाग्री उत्पादन गर्दै आएको छ ।