October 17, 2017

सिआइएले बिभिन्न कम्पनीका उपकरण ह्याक गरेको विकिलिक्सको खुलासा

काठमाण्डौ, २५ फाल्गुन । सनसनिपूर्ण गोप्य सूचना सार्वजनिक गर्दै आएको विकिलिक्सले जासुसी संस्था सिआइएले बिभिन्न मोबाइल, टेलिभिजन कम्पनीका उपकरण ह्याकिङ गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ ।

प्रतिष्ठित मोबाइल र टेलिभिजन च्यानलकै कर्मचारीको सहयोगमा उपकरण ह्याकिङ गर्नुकासाथै सिआइएले गोप्य सूचना पनि लिने गरेको जनाएको छ । यी कम्पनीका उत्पादन बिभिन्न विन्डोज, एन्ड्रोइड, आइओएस, ओएसएक्स, लाइनम्स कम्प्युटर र यीनका राउटरलाइ निशाना बनाउने गरिएको विकिलिक्सको दावी छ ।

कतिपय ह्याकिङ सफ्टवेयर एजेन्सी आफैले बनाउने गरिएको विकिलिक्सको प्रतिवेदनमा उल्लेख छ । यतिसम्म भनिएको छ कि यूकेको एजेन्सी एमआइ फाइबले सामसुङ टेलिभिजनमाथि हमला गर्न साइवर हतियार निर्माणका लागि मद्दत गरेको छ । सिआइएका प्रवक्ताले विकिलिक्सका दस्तावेजबारे कुनै प्रतिक्रिया नदिने बताएका छन ।