August 23, 2017

सार्वजनिक खरिद नियमावली खारेजको माग

दिनेश शर्मा

राजविराज, २२ चैत्र । सार्वजनिक खरिद नियमावली २०६४ को पाँचौ संशोधन निर्माण व्यवसायीमैत्री नभएको भन्दै सप्तरीका निर्माण व्यवसायीहरुले आपत्ति प्रकट गरेका छन् ।
मंगलवार बिहान राजविराजमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नियमावली संशोधनको बिरोध गरेका हुन् ।

उपभोक्ता समिति मार्फत निर्माण कार्य गराउन सकिने ६० लाख रकमलाई वृद्धि गरी एक करोड पुर्‍याइएको व्यवस्था खारेज नभए व्यवसायीक हित र पेशाको सुरक्षाका लागि बाध्य भएर आन्दोलनमा उत्रनु पर्ने चेतावनी समेत दिएका छन् ।

पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष रामअशिष प्रसाद साहले उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता पोस्ने माद्यम हुन थालेको भन्दै यसले आर्थिक अनियमीततालाई बढावा दिई साना निर्माण व्यवासयी पेशबाट विमुख हुने अवस्था आएको बताए ।

यसअघि भएको चौथो संशोधन पनि व्यवसायीमैत्री हुन नसकेको र आफुहरुका थुप्रै जायज माग सम्वोधन नभई रहेको अवस्थामा हठात पाँचौ संशोधन गरीनु दुर्भाग्यपुर्ण भएको साहले वताए ।