July 24, 2017

सार्कको महासचिवमा अम्जाद हुसैन नियुक्त

काठमाडौं, १८ फाल्गुन । एच.ई.मिस्टर अम्जाद हुसैन बि. सैललाई सार्क सचिवालयले सार्कको महासचिवमा पदका लागि आज नियुक्त गरेको छ । निवर्तमान सामान्य सुरुक्षाको रिक्त स्थानमा उनलाई नियुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानको कुटनीतिमा ३३ वर्षे कार्याकाल बिताएका यिनी पाकिस्ताबाट सार्कमा कुटनैतिक सेवा गर्ने दोस्रो भएका छन् । नेशनल डिफेन्स युनिभर्सिटीबाट सुरक्षा र रणनीतिमा स्नातकोत्तर गरेका छन् ।

यसअघि उनले तान्जानियाका लागि राजदूत भएर अनुभव बटुलेका थिए । सार्क सचिवालयमा आबद्ध हुनु पूर्व बि. सैलले पाकिस्तानी परराष्ट्र मामिलामा विशेष सचिवको काम पनि गरेका छन् ।