सामुहिक बलात्कारकाे मुद्दामा बंगलादेशमा चार जनालाई मृत्युदण्ड

ढाका १ फाल्गुन । बंगलादेशको एउटा अदालतले एउटी युवतीको सामूहिक बलात्कार पछि हत्या भएको मुद्दामा चार जनालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
सो घटनामा संलग्न अर्का एक जना पुरुषले सात वर्षको कैदको सजाय पाएका छन् । कानुन अध्ययन गर्दै गरेकी पीडित जाकिया सुल्ताना रुपा एउटा स्थानीय बसमा गत अगस्ट महिनामा यात्रा गर्दै थिइन् । सोही बसका चालक र अरू कर्मचारीले सो बसको अन्तिम यात्रु रहेकी उनको सामूहिक बलात्कार गरेका थिए ।

प्रहरीले उनको शव राजधानी ढाकाबाट केही पर रहेको एउटा जंगलमा फेला पारेको थियो । त्यसको केही दिन पछि बसका चालक, उनका सुपरीवेक्षक र तीन जना सहायकहरूलाई पक्राउ गरिएको थियो ।