October 18, 2017

सामसुङको ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक

काठमाण्डौ, ६ वैशाख । सामसुङको बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक भएको छ ।

सामसुङ इण्डियाले काठमाण्डौमा बुधबार एक कार्यक्रमबीच दुबै स्मार्टफोन सार्वजनिक गरेको हो । बुधवार सार्वजनिक भए पनि नेपाली ग्राहकले वैशाख २२ पछि मात्र यी फोन पाउने कम्पनीले जनाएको छ । बुकिङ भने अहिले देखि नै खुला गरेको जनाएको छ ।

नेपाली बजारमा एस ८ को मूल्य ८८ हजार ९ सय रुपैयाँ र एस ८ प्लसको ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीले यी स्मार्टफोन खरिदमा ६ महिनासम्मको लागि बीमाको व्यवस्था समेत गरेको छ ।

धेरै देशमा यसअघि नै सार्वजनिक भएको यो स्मार्टफोन पहिलेको एस ७ भन्दा राम्रो र गुणस्तरीय रहेको कम्पनीले जनाएको छ ।