October 17, 2017

सामन्ती तत्व संग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री

 

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रवादका नाममा मुलुकमा दक्षिणपन्थी हाबी हुन खोजेको बताएका छन ।
काठमाडौमा मंगलबार सम्पन्न माओवादी केन्द्रसम्बद्ध वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै दाहालले प्रतिगामी सोच भएका शक्तिहरु सशस्त्र युद्धले र जनआन्दोलनमार्फत आएका मुद्दा उल्टाउन लागिपरेको आरोप लगाएका छन । हिमाल, पहाड र तराईबीच भावनात्मक एकता कायम गर्न लागिपरेको भन्दै उनले अन्धो राष्ट्रवादको वकालत र सामन्ती तत्व संग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने प्रयास भइरहेको समेत टिप्पणी गरे ।
सरकार स्थानीय निर्वाचनको मिति घोषणाको अन्तिम तयारीमा रहेको जानकारी दिदै प्रधानमन्त्री दाहालले सरकार संविधान कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् । भेलामा माओवादी केन्द्रका नेता मणि थापा, रामचन्द्र शर्मा लगायतका वक्ताहरुले युवाहरुको दवावले मात्रै परिवर्तनका मुद्दाहरुको रक्षा गर्न सकिने धारणा राखेका   छन् ।