Breaking News

सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, कुन प्रदेशको कहाँ ?

काठमाण्डौ,२९ पुस । निर्वाचन अायाेगले आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेकाे छ ।

सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने हाे । कार्यालय स्थापना भएको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।

प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएकाे छ ।

हरेक कार्यालयमा दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्को केन्द्रमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

 

shares