साझा बसमा आगजनी गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका एरिया ईन्चार्ज पक्राउ

काठमाण्डौ, ३० फाल्गुन । साझा बसमा आगजनी गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एरिया इन्चार्ज राजमान तामाङलाई पक्राउ गरेको छ ।

सोमबार बालाजु प्रहरील उनलाई पक्राउन गरेको डिएसपी सन्तोष तामाङले बताएका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनले फागुन २८ गते शनिबार बालाजु क्षेत्रमा गुडिरहेको बसमा यात्रु बनेर चढी पेट्रोल छर्किएर आगजनी गरेका थिए ।

आगजनीपछि ४ जनाको समुहमा रहेकाहरू प्रहरीले आगो निभाउन थाल्दा भागेका थिए । आगजनीबाट बसको सीटमा सामान्य क्षति भएको थियो ।