October 19, 2017

सांसद सीमाकुमारी बिक नयाँ शक्ति पार्टीमा प्रवेश

काठमाडौँ ६ बैशाख । सांसद सीमाकुमारी बिक नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेकी छन ।

राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका तर्फबाट सांसद रहेकी बिक नयाँ शक्तिमा गएकी हुन्।केही दिन अघि राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका अध्यक्ष समेत रहेका सांसद शिवलाल थापाले पार्टी एकीकरण गर्दै बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टीमा दुई सांसद थिए। फोरमसँगको एकीकरणमा नगएकी बिक नयाँ शक्तिमा प्रवेश गरेपछि यस पार्टीमा अब साँसदको सँख्या दुई पुगेको छ । यसअघि थरुहट तराई पार्टी लोकतान्त्रिकबाट सांसद गंगा चौधरीलाई नयाँ शक्तिमा प्रवेश गरेकी थिइन ।