October 23, 2017

साँगाको कैलाशनाथ मन्दिरमा घुँइचो

मोहन बल्ल /भक्तपुर, १ वैशाख । वि.सं. २०७३ बिदा गरी नयाँ वर्ष वि.सं. २०७४ आजदेखि सुरु भएको छ । यसै अवसरमा साँगाको कैलाशनाथ शिव मन्दिरमा भक्तजनहरुको पनि घुइँचो लागेको छ ।

कैलाशनाथ शिव मन्दिर व्यवस्थापन समितिका व्यवस्थापक किशोर श्रेष्ठले अन्य दिनहरुमा भन्दा आज भक्तजनहरुको बढि घुइँचो लाग्ने बताए । आजको दिन विशेष गरी युवा/युवती र किशोर/किशोरीको उल्लेख्य आगमन हुने श्रेष्ठले जानकारी दिए ।

सुख, शान्ति, समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदानप्रदान गर्ने थलोको रुपमा यहाँ घुइचो बढेको हो । यसैगरी साँगा लगायत भक्तपुरका विभिन्न पर्यटकीय स्थलहरूमा चहलपहल बढेको छ ।

देश विदेशमा रहेका नेपालीहरू सुख, शान्ति र समृद्धिको कामना गर्दै एक आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन् ।