June 24, 2017

सहमति जुटाउने प्रयास जारी

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयकको विषयमा सहमति जुटाउने प्रयास जारी रहेको बताउनुभएको छ ।

काठमाडौको ट“ुडिखेलमा शनिबार थारु माघी पर्व महोत्सव उद्घाटन गर्दै गृहमन्त्री निधिले संसद्मा पेश भएको संशोधन प्रस्तावले संविधान कार्यान्वयन सुनिश्चित गरेको दाबी गर्नुभयो । उहा“ले लोकतान्त्रिक मूल्य मान्यताविपरीत एमालेले संविधान संशेधनको विरोध गरेको आरोप लगाउनुभयो ।
मन्त्री निधिले संविधान कार्यान्वयन भए सबैको अधिकार सुनिश्चीत गर्ने धारणा राख्नुभयो । उहा“ले छिट्टै स्थानीय निकायको निर्वाचन हुने भन्दै त्यसतर्फ जुट्नसमेत सबैलाई आग्रह गर्नुभयो ।।।