सहमतिय सरकार गठन गर्न सर्वदलीय बैठक

काठमाडौं १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिय सरकार गठनको पहल थाल्ने भएका छन । राष्ट्रपति बिद्या भण्डारीले सहमतिय सरकार गठनका लागि आहवान गरे बमोजिम प्रधानमन्त्रीले पहल थालेका हुन ।

यसका लागि अहिले संसद् भवन नयाँ बानेश्वरमा सर्वदलिय बैठक बसिरहेको छ । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु सहभागी छन । सरकार निर्माणमा सहमति नभए बहुमतिय प्रक्रिया सुरु हुनेछ ।