ससुराको नाममा कलंक, जसले आफ्नै बुहारीको गोप्य भिडियो खिचे

काठमाण्डौ, १ चैत्र । भारतको मध्य प्रदेशको ईन्दाैर शहरको बिजलपुर इलाकामा सनसनीपूर्ण एउटा घटना सार्वजनिक भएको छ ।

२८ वर्षीया एक विवाहित महिलाले आफ्ना ससुराले आफ्ना गोप्य भिडियो कैद गरेको आरोप लगाएकी छिन् ।

पीडितका अनुसार उनका ससूराले उनको बेडरुममा क्यामरा लगाएर उनीहरुको भिडियो कैद गरेको र उक्त भिडियोलाई पोर्न साइटमा हालिदिने धम्की दिएको उनले आरोप लगाएकी छिन् ।

 प्रहरीका अनुसार सन् २०१६ मार्च २० तारिखमा पीडित दिपा (परिवर्तित नाम) को कम्प्युटर एवं सफ्टवेयर इन्जिनियरसँग विवाह भएको थियो ।

पीडितलाई विश्वास गर्ने हो भने विवाहको केही समय पछि नै उनलाई उनका सासू–ससुराले कुटपिट गर्ने गरेको र सम्बन्धविच्छेदको लागि धम्की दिने गर्दथे ।

दिपा भन्छिन्, ’ससुराले मसँग तेरो अश्लिल भिडियो छ । भिडियोलाई पोर्न साइटमा भाइरल गरिदिन्छु’ भनी धम्की दिने गरेको  पुलिसलाई जानकारी दिइन् ।

पीडिताका अनुसार उनका ससुरा मोबाइल  र सफ्टवेयरको कारोबारी हुन् । त्यसकारण उनलाई प्राविधिक ज्ञान पनि छ ।

उनका ससुराले यसबारे पुलिसलाई जानकारी दिए मलाई केही फरक नपर्ने र त्यसपछि उनलाई बाँच्न निकै गाह्रो पर्ने धम्की दिने गरेको पनि बताइन् ।