August 18, 2017

सविधान संशोधन विधेयक पास भए हामी आन्दोलनमा उत्रिन्छौं : केपी ओली

 

१० माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास भए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

नेकपा एमाले केन्द्रीय मोर्चा संगठनको आयोजनामा पोखरामा सुरु तीन दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले राष्ट्रहित विपरीतको प्रस्ताव जवरजस्ती पारित गर्न खोजे आन्दोलनमा जाने चेतावनी दिएका छन । अध्यक्ष ओलीले संविधान संशोधनका लागि सारिएका चारवटै बुदा राष्ट्रका लागी आवश्यक नभएको तर्क गरेका छन ।

कार्यक्रममा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय एकता, अखण्डता तथा स्वाभिमानलाई कमजोर बनाउने षडयन्त्रबिरुद्ध सबै लाग्नुपर्ने धारणा राखे । तीन दिने भेलामा विभिन्न २० वटा संगठनका पदाधिकारी गरी करिब ४ सय जनाको सहभागिता छ ।।