October 24, 2017

सर्वोच्च ले दियो देउवालाई कारण देखाउ आदेश

काठमाण्डौ,२५ चैत्र । सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई अदालतसम्बन्धी अवहेलना मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको हो । न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै १० दिनभित्र लिखित जवाफसहित सर्वोच्चमा उपस्थित हुन आदेश दिएको छ ।

इजलासले देउवालाई आफ्नाे अभिव्यक्ति र कांग्रेस र केन्द्रीय समितिको निर्णयबारे कारण देखाउन आदेश दिएको छ । सर्वोच्चको पूर्ण इजलासले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय खारेज गर्दै चार बर्षको कार्यमूल्यांकनमा पहिलो नम्बरमा परेकालार्ई प्रहरी प्रमुख बनाउन परमादेश दिएको थियो । यो खबर आजको हिमालयन टाइम्स दैनिकमा छ ।