October 23, 2017

सर्वाधिक डाउनलोड गरिएका एप्सहरु मध्ये ४ वटा फेसबुककै

काठमाण्डौ, ५ वैशाख । पछिल्लो समय फेसबुक निकै चर्चित र लोकप्रिय छ । फेसबुकमा एकाउन्ट नभएका मान्छे पनि सायदै होलान् ।

यही फेसबुकले डाउनलोडको मामलामा पनि रेकर्ड राखेको छ । विश्वभरि नै सर्वाधिक डाउनलोड गरिएको ५ नन–गेमिङ एप्लिकेसनहरु मध्ये ४ वटा फेसबुककै छ । जसमा व्हाट्सएप, फेसबुक, म्यासेन्जर र इन्टाग्राम रहेका छन् ।

एप्पलको एप स्टोरको डाउनलोड सूचीमा सबैभन्दा माथि म्यासेन्जर छ भने गुगलको प्ले स्टोरमा भने फेसबुक सबैभन्दा धेरैपटक डाउनलोड गरिएको एप बनेको छ ।