सर्वदलीय बैठक बहिस्कार गर्ने मोर्चाको निर्णय

 

काठमाण्डौ १०, फागुन । मधेसी मोर्चाको सर्बदलीय बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डको आव्हानमा मंगलबार बस्ने भनिएको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने जनाएको छ ।
सरकारले वैशाख ३१ का लागि स्थानीय चुनावको मिति घोषणा गरेपछी मोर्चासंग छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् ।
थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गर्ने सहमति भएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।
चुनाव घोषणाको विरोध गर्दै मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।