सरकार स्थानीय निर्वाचन गर्न लागि परेको छ–प्रचण्ड

२५ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन गर्नका लागि सरकार गम्भीर रुपमा लागिपरेको बताएका छन् ।

मंगलबार दिउँसो निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा कुनै शंका नगर्न आग्रह समेत गरेको छन् ।

उनले निर्वाचन सम्बन्धि ऐन पारित भइसकेको भन्दै सरकार निर्वाचनको तयारीमा लागिरहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको बताउदै  नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत भएको टिप्पणी गरे ।