October 19, 2017

सरकार–मोर्चा ‘सहमति नजिक

काठमाण्डौ, १० चैत्र स्थानीय चुनाव बहिष्कारको घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको छ ।

सरकारले संविधान संशोधनबिना स्थानिय तह र्निवाचन पक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराईमधेसमा चुनाव हुन नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको थियो । सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको बैठकमा मोर्चाका नेताहरुले सिमाकंनबाहेक संविधान संशोधन विधेयकका तिनवटा प्रस्ताव पारित भए चुनावमा जान सकिने बताएपछि राजनीतिक निकास सहमति नजिक पुगेको अनुमान गरिएको हो ।

बैठकमा सत्ता पक्षबाट प्रधामन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाली कांग्रेस नेता कृष्ण सिटौला तथा मोर्चाबाट फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सदभावना सहअधक्ष लक्ष्मणलाल र्कण उपस्थित थियाे ।

फोरम नेपालका सहअध्यक्ष श्रेष्ठले पार्टीका अध्यक्ष उपेन्द्र यादब काठमाण्डौं फर्केपछि अन्तिम निर्णय हुने बताएका छन् ।आजको नागरिक दैनिकमा खवर छ ।