November 18, 2017

सरकार जनतामा भ्रम फैलाईरहेको छ–ओली

२३ माघ, काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार दक्षिणपन्थीहरुको गठबन्धनमा बनेकाले जनतामा भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

आईतबार ललितपुरमा युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जनतामा निर्वाचनको भ्रम छरेर देश टुक्रयाउन लागिपरेको बताएका हुन् । संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव देशको हितमा नभएको र एमालेले कुनै पनि हालतमा छलफल गर्न नदिने अडान ओलीले दोहर्याए । उनले एमालेले फागुन २१ गतेदेखि आन्दोलन गर्ने जानकारी दिए । झापाबाट सुरु हुने देशव्यापी आन्दोलनको जनशक्ति र मधेसमा एमालेको प्रभावबाट विपक्षीहरु तिलमिलाउने अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचन पनि अखिलको पक्षमा आउने बिश्वास व्यक्त गरे । उनले निर्वाचनका लागि तयार रहन युवा संघलाई निर्देशन पनि दिए ।