October 19, 2017

सरकारी डाक्टरले नै निजी अस्पतालकाे पक्षपोषण गरेकाे स्वास्थ्यमन्त्रीकाे गुनासो

काठमाण्डौ १७ बैशाख । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालमा काम गर्ने डाक्टरले नै निजी अस्पतालको पक्षपोषण गरेको बताएका छन ।
आईतबारबाट ललितपुरमा शुरु भएको क्यान्सर उपचारको मापदण्ड सम्बन्धी कार्यशालामा बोल्दै मन्त्री थापाले स्वास्थ्य मन्त्रालयले आवश्यक सहयोग गरे पनि सरकारी अस्पतालका डाक्टरले निजी अस्पताललाई पक्षपोषण गरेको भन्दै आपत्ति जनाए।

मन्त्रालयबाट सारा कुरा सहयोग गर्न खोज्दा पनि सरकारी अस्पतालको सेवा सुध्रिन नसकेको थापाकाे गुनासो थियो । उनले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक संलग्न भएरै निजी अस्पताल चलेको उल्लेख गरे ।
मन्त्री थापाले निजीमा सरकारी डाक्टरले काम गर्न थालेकाले सरकारी अस्पतालबाट आम नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको बताए ।