October 22, 2017

सरकारी कार्यालयहरुमा “मधेस सरकार’

कपिलवस्तु, २५ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कपिलवस्तुका सरकारी कार्यालयहरुमा “मधेश सरकार’ लेखेको छ ।

संविधान संशोधन बिना स्थानीय निर्वाचन घोषणा गरेको बिरोधमा मधेशी मोर्चाले जिल्लाका सरकारी कार्यालयहरुमा मधेस सरकार लेखेको हो ।
मधेशी मोर्चाले सरकारले संशोधन बिना निर्वाचन गराउन लागेको बिरोधमा कपिलबस्तु जिल्लाका सरकारी कार्यालयहरुमा मधेस सरकारको बोर्ड लगाएको छ ।

बिपक्षी नेकपा एमाले र सरकारमा रहेका पार्टीहरु मधेशी जनतालाई झुक्याई संविधान संशोधन नै नगरि निर्वाचन गराउन अघि बढेमा द्वन्द्वको स्थिति सिर्जना हुने चेतावनी मधेसी नेताहरुले दिदै अाएका छन ।
जिल्लाको कृष्णनगर नगरपालिकाको नगरपरिक्रमा गरि मोर्चाका नेताहरुले नगरपालिका कार्यालयको बोर्डमा मधेश सरकार लेखेका छन । जिल्लाका विभिन्न स्थानीय निकायहरु गाउँपालिका नगरपालिका हुँदै कृष्णनगर नगरपालिकामा बिरोध कार्यक्रम गरिएको छ ।