August 23, 2017

सरकारी कर्मचारी नै अपहरणमा सामेल 

काठमाण्डौ,३० चैत्र । अपहरण गरि बन्धक बनाएको आरोपमा झापा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

झापा शनिश्चरेका जिवन बिष्टलाई अपहरण गरी बन्धक बनाएर जमिन हडपेको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपानेसहित तीन जनालाई पक्राउ गरेको छ ।

बिष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जमीन मिलोमतोमा जबर्जस्ती हडपेको आरोपमा भद्रपुर ७ बस्ने न्यौपानेसहित मेचीनगर ८ बाहुनडाँगीका भूपू कान्छा भनिने अजय राई र भद्रपुर ७ बस्ने व्यावसायी प्रेम न्यौपानेलाई प्रहरीले आइतबार राति जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापाका अनुसार जग्गाधनी बिष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर जमीन हडपेको भन्दै गत शुक्रबार प्रहरीमा किटानि जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तिन जनालाई पक्राउ गरेको हो ।

उपरीक्षक थापाका अनुसार घटनामा संलग्न पत्रकारसहित दुई आरोपी फरार् छन । फरार् अभियुक्तको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।