सरकारले लामा र पराजुलीकाे नाम अाज फिर्ता लिदै

काठमाण्डौ १७ फाल्गुन । सरकारले युएई र ओमानका लागि राजदूत सिफारिस गरेका आशाकुमारी लामा र शर्मिला पराजुलीको नाम फिर्ता लिने भएको छ ।

म्यानपावर सञ्चालक भनि यी दुवै जना विवादमा परेपछि सरकारले नाम फिर्ता लिने निर्णय गर्न लागेके हाे।

अाज दिउसाे बस्ने मन्त्रिपरिषद्को बैठकले यी दुइ जनाकाे नाम फिर्ता  लिएर नयाँ नाम सिफारिस गर्ने बताइएकाे छ ।

यी दुबै जनाको नाममा नेपाली कांग्रेस पार्टी भित्र विरोध भए पछि सिफारिस फिर्ता लिने प्रक्रिया अघि बढाइएको थियाे।

लामा कांग्रेसको कोटाबाट युएईका लागि र पराजुली  फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि सिफारिस भएकी थिइन।