July 24, 2017

सरकारले नै निर्वाचनको वातावरण नबनाएकाे एमालेकाे ठहर

काठमाण्डौ, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न बोलाएको बैठमा एमाले नेताहरुले सरकारले नै निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन एमालेसँग आग्रह गरेका थिए ।

तर एमाले नेताहरुले भने सरकारले नै निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका थिए ।उनीहरुले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

एमाले निर्वाचनको पक्षमा रहेको भन्दै नेताहरुले शान्ति–सुरक्षाको वातावरण बनाउन आग्रह गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताको सहभागिता थियो ।