August 23, 2017

सरकारले खटायो गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत (नामावली सहित हेर्नुहोस्)

काठमाण्डौ, ४ चैत्र । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न ४८१ गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको छ ।

निर्वाचन आयोगले बिहिबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा तत्काल प्रमुख तोक्न मन्त्रालयलाई दिएको निर्देशन अनुसार पहिलो चरणमा उक्त कर्मचारीलाई खटाइएको बताइएको छ ।

मन्त्रालयले कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा खटिन निर्देशन दिँदै भनेको छ– स्थानीय तहको निर्वाचनको काममा तयारी एवं व्यवस्थापनमा आवशयक सहयोग गर्नुपर्ने भएकाले कुनै पनि बिलम्ब नगरि खटिएको ठाउँमा रमाना लिइ हाजिर हुन जानु हुन अनुरोध छ ।’

सूची यहाँ हेर्नुहोस्