October 23, 2017

सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएपछि मधेशी मोर्चाको बैठक आज बस्दै, आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने

काठमाण्डौ २ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको छ ।

मोर्चाले एक हप्ता भित्र संविधान संशोधन बिधेयक परिमार्जन सहित पारित र स्थानीय तहको निर्वाचन रद्द नभए समर्थन स्वतः फिर्ता हुने भन्दै फागुन २५ गते सरकारलाइ पत्र पठाएको थियो ।

तोकिएको समयभित्र माग पूरा नभएपछि समर्थन स्वतः फिर्ता भएको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए । उहाँले यसबारेमा आज बस्ने शीर्ष नेताहरुको बैठकले औपचारिक निर्णय गर्ने जानकारी दिए ।

बैठकले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्नेछ । बैठक दिउँसो १ बजे बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बस्दै छ ।