सरकारमा सहभागि भएर चुनावमा जानौं–ओली

काठमाण्डौ, १६ फल्गुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागि भएर चुनावमा जाने आफ्नो पार्टीको चाहना नरहेको प्रष्ट पारेका छन् ।

ओलीले प्रतिपक्षमै बसेर चुनाव जित्ने तयारीमा रहेको दाबी गरे । पार्टीले राष्ट्रिय स्वाधीनता र सामाजिक सद्भावका लागि यही फागुन २१ देखि चैत ५ गते आयोजना गर्ने मेची–महाकाली राष्ट्रिय अभियानका लागि स्वयंसेवकका लागि निर्देशन दिदै ओलीले सरकारमा जाने रुचि एमालेलाई नरहेको दावी गरेका छन् ।

उनले निर्वाचन मार्फत सङ्क्रमणकालको अन्त्य र स्थिरता, राष्ट्रिय एकता एवम् सामाजिक सद्भावका लागि एमालेका नीति र सोचबारे जनतालाई अवगत अभियान सफल हुने बताए । पार्टीबारे उत्पन्न गरिएका भ्रम अभियानले चिर्ने उल्लेख गर्दै उनले अभियान राष्ट्रका लागि गरिएको बताए ।

अभियानको अवधिभर अध्यक्ष ओली र वरिष्ठ नेतासहितको टोली मेची महाकाली पुग्ने छन । अभियानमा करिब १० हजार स्वयंसेवक परिचालन हुने छन । अभियानका क्रममा ३० स्थानमा आमसभा, झाँकी, प्रदर्शन, पार्टी प्रवेशजस्ता कार्यक्रम हुने बताइएको छ ।